दफा १५
शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन
: (१) प्रतिष्ठानले स्वास्थ्य विज्ञान सम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले आवश्यकता अनुसार शैक्षिक संस्थाको स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापित शैक्षिक संस्थाको सञ्चालन तोकिए बमोजिम हुनेछ ।